You are viewing the translated version of बिषयगत समितिको गठन.

Rule 23
बिषयगत समितिको गठन
(१) परिषद्ले आफ्नो काम कारबाहीमा सहयोग पु-याउन देहाय बमोजिमका विषयगत समिति गठन गर्न सक्नेछः-

(क) परीक्षा, नाम दर्ता तथा अभिलेख समिति,

(ख) पशु सेवा विज्ञ समिति,

(ग) जनशक्ति परिचालन तथा व्यवस्थापन समिति,

(घ) अनुशासन तथा नियमन समिति,

(ङ) आर्थिक व्यवस्थापन तथा लेखा समिति,

(च) शैक्षिक परामर्श तथा शिक्षण संस्था नियमन समिति,

(छ) अन्तर्राष्ट्रिय सम्बन्ध समिति।

(२) उपनियम (१) मा उल्लिखित विषयगत समितिमा परिषद्ले तोकेको परिषद्को सदस्यको संयोजकत्वमा विषय विज्ञताको आधारमा परिषद्मा नाम दर्ता भएका पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी मध्येबाट पाँच जना सदस्य रहनेछन्‌।

(३) उपनियम (१) को खण्ड (क) बमोजिमको परीक्षा, नाम दर्ता तथा अभिलेख समितिको काम देहाय बमोजिम हुनेछः-

(क) नाम दर्ताका लागि सूचना आह्वान गराउने,

(ख) नाम दर्ताको लागि दरखास्त दिएका दरखास्तवालाको आवश्यक प्रमाण पुगे नपुगेको जाँचबुझ गर्ने,

(ग) दर्ता हुन निव्रेदन दिने दरखास्तवालाको प्रमाण पुगेमा दर्ता गर्नको लागि परिषद्‌ समक्ष पेस गर्ने,

(घ) दर्ता हुन योग्य पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको परीक्षा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउने,

(ङ) दर्ता भएका णशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी र ग्रामिण पशु स्वास्थ्य कार्यकर्ताको अभिलेख अद्यावधिक राख्न आवश्यक व्यवस्था मिलाउने ।

(४) उपनियम (१) को खण्ड (ख) बमोजिमको पशु सेवा-विज्ञ समितिको काम देहाय बमोजिम हुनेछः-

(क) मुलुकलाई आवश्यक पर्ने पशु स्वास्थ्य
नशा पा जेनरा पघणाकरो सफ्ल य्ाठारा चरण घाँस सम्बन्धी विषयमा सुधार तथा व्यवस्थापनको खाका/तयार गरी परिषद्मा पेस गर्ने,

(ख) पशुपालनको क्षेत्रमा «विकास भएका नवीनतम प्रविधि नेपालको - परिप्रेक्ष्यमा उपयुक्त भए नभएको विश्लेषण गरी उपयुक्त प्रविधि प्रयोगमा ल्याउन राय सुझाव दिने,

(ग) पशु: स्वास्थ्य तथा पशु सेवा क्षेत्रको तत्कालीन,-मध्यकालीन र दीर्घकालीन कार्ययोजना तयार गरी परिषद्मा पेस गर्ने,

(घ) पशुपालनका विभिन्न क्षेत्रमा आवश्यक प्रविधि किसानसम्म पुन्याउने कार्ययोजना तयार गर्ने,

(ङ) -पशु सेवाको क्षेत्रमा उत्पादन गर्नु पर्ने आधारभूत तह देखि विषय विज्ञ जनशक्तिको कार्ययोजना तयार गरी परिषद्मा पेस गर्ने,

(च) पशु स्वास्थ्य तथा पशु सेवाका जनशक्ति बीच अन्तरक्रिया तथा छलफल गरी समस्या समाधानका उपाय सहितको प्रतिवेदन तयार गरी परिषद्मा पेस गर्ने।

(५) उपनियम (१) को खण्ड (ग) बमोजिमको जनशक्ति परिचालन तथा व्यवस्थापन समितिको काम देहाय बमोजिम हुनेछः-

(क) पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी र ग्रामिण पशु स्वास्थ्य कार्यकर्तालाई परिषद्का क्रियाकलाप. तथा गतिविधिमा संलग्न गराउने,

(ख) पशु स्वास्थ्य तथा पशुसेवा व्यवसायीको श्रेणी व्यवस्थापनको कार्यमा परिषद्लाई आवश्यक सहयोग गर्ने,

(ग) पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको क्षेत्रमा काम गर्ने सङ्घ, प्रदेश र स्थानीय तहका निकाय बीचमा समन्वय र सहकार्यको कार्ययोजना तयार गर्ने,

(घ) परिषद्का सदस्यको क्षमता विकास सम्बन्धी कार्ययोजना बनाई परिषद्मा पेस गर्ने।

(६) उपनियम (१) को खण्ड (घ) बमोजिमको अनुशासन/तथा नियमन समितिको काम देहाय बमोजिम हुनेछः-

(क) परिषद्लाई आवश्यक पर्ने कानूनको मस्यौदा तयार गरी परिषद्मा पेस गर्ने,

(ख) पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको शैक्षिक योग्यता र तालिमको प्रमाणपत्र जाँचबुझ गर्ने,

(ग) पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी र गाणिएा छा जलाए लणा सखर्जणासत्सील रारा आचरण र आचारसंहिता पालना गरे नगरेको जाँचबुझ गरी उल्लङ्घन गरेको पाइएमा आवश्यक कारबाहीको लागि परिषद्मा पेस गर्ने,

(घ) परिषद्मा परेका उजुरी उपर जाँचबुझ गरी राय सहितको प्रतिवेदन परिषद्मा पेस गर्ने।

(७) उपनियम (१) को खण्ड (ङ) बमोजिमको आर्थिक व्यवस्थापन तथा लेखा समितिको काम देहाय बमोजिम हुनेछः-

(क) परिषद्को वार्षिक कार्यक्रम तयारीमा राय सुझाव दिने,

(ख) परिषद्लाई आवश्यक पर्ने आर्थिक स्रोतको:आड्रलन र स्रोत व्यवस्थापन गर्ने गराउने,

(ग)-लेखा परीक्षण गराउने र बेरुजु फर्छ्यौंट गराउन आवश्यक कार्य गर्ने,

(घ) परिषद्मा आन्तरिक नियन्त्रण प्रणाली कायम राख्न सुझाव दिने।

(८) उपनियम (१) को खण्ड (च) बमोजिमको शैक्षिक परामर्श तथा शिक्षण संस्था नियमन समितिको काम देहाय बमोजिम हुनेछः-

(क) णशु स्वास्थ्य तथा पशु सेवाको क्षेत्रमा अपनाउनु पर्ने शैक्षिक क्रियाकलाप, पाठ्यक्रम, शैक्षिक प्रविधिका बारेमा परिषद्लाई आवश्यक परामर्श दिने,

(ख) शिक्षण संस्था सञ्चालन गर्दा पालना गर्नु पर्ने सर्त र मापदण्ड तयार गरी परिषद्मा पेस गर्ने,

(ग) शिक्षण संस्थाको पाठ्यक्रमका लागि आवश्यक राय ८सुझाव- - सहितको प्रतिवेदन परिषद्मा पेस गर्ने,

(घ) णशु स्वास्थ्य तथा पशु सेवा. व्यवसायी र ग्रामिण पंशु स्वास्थ्य कार्यकर्ताको निरन्तर शिक्षाको कार्ययोजना तयार गरी परिषद्मा पेस गर्ने र निरन्तर शिक्षा सञ्चालन गराउने,

(ङ) पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको परीक्षाको पाठ्यक्रम पुनरावलोकन गरी परिषद्मा सुझाव दिने।

(९) उपनियम (१) को खण्ड (छ) बमोजिमको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको काम देहाय बमोजिम हुनेछः-

(क) पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमा संलग्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला संघसंस्थासँग सम्बन्ध कायम गर्ने,

(ख) विभिन्न पेशागत क्षेत्रका परिषद्बीच एक आपसमा समन्वय र सहकार्यको वातावरण सिर्जना गर्ने,

(ग) मुलुकभित्र रहेका पशु स्वास्थ्य तथा पशु सेवाका विभिन्न क्रियाकलापमा: परिषद्लाई सहभागी गराउन पहल गर्ने,

(घ) परिषद्सँग सम्बन्धित . अन्तराष्ट्रिय सङ्घसंस्थासँग सहकार्य (गर्ने,

(ङ) परिषद्मा नाम दर्ता भएका, सदस्यलाई विभिन्न अन्तर्राष्ट्रिय क्षेत्रमा हुने तालिम, भ्रमण, सेमिनारमा सहभागी गराउन पहल गर्ने।

(१०) विषयगत समितिको -बैठक सम्बन्धी कार्यविधि सम्बन्धित समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।